बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो
काठमाडौं । यहि ११ र १२ गते परेको अविरल वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या २४६ पुगेको छ । गृह मन्त्रालयले सोमबार साँझसम्म देशभर १८ जना बेपत्ता रहेको जनाएको छ । यस्तै १७८ जना घाइते छन् ।
मन्त्रालयका अनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको छ ।बागमतीमा मात्रै एक सय ३९ जनाको मृत्यु भएको छ ।
एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको गृहमन्त्रालयले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्: