महानगर र मारवाडी सेवा समिति बिचको वार्ता निष्कर्षविहीन
काठमाडौँ । काठमाडौं महानगर र मारवाडी सेवा समितिबीचको वार्ता निष्कर्षविहीन भएको छ । मारवाडी सेवा समाजले गौशाला धर्मशाला नछाड्ने अडान लिएपछि वार्ता असफल भएको छ । काठमाडौँ महानगरपालिकाले धर्मशाला खाली गर्न भने पनि समितिले आफूहरू मोही भएको जिकिर गर्दै खाली नगर्ने अडान लिएका हुन् ।
समितिले औपचारिक पत्र प्राप्त नभए नहट्ने स्पष्ट पारेको छ । बुधबार महानगरपालिका गौशाला खाली गर्न पुगेसँगै समितिका सदस्यहरू विरोध प्रदर्शनमा उत्रिएका थिए ।
पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबिच मंगलबार गौशाला धर्मशाला महानगरले व्यवस्थापन गर्नेसम्बन्धी सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: