घन्टी बजाएसँगै पक्राउ परे रवि लामिछाने, आजै पोखरा लगिने
काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई सीआईबीको प्रहरी टोलीले शुक्रबार साँझ वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गर्नुअघि उनले पार्टी कार्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गदै सरकारमाथि आक्रोस पोखेका थिए । साथै, आफू अभिमन्यु नभएको भन्दै यो चक्रव्यूहबाट निस्किनेसमेत दाबी गरेका थिए ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा मुछिएका लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी परेको छ ।
पार्टीकार्यालयमा रहेको चुनाव चिह्नसमेत रहेको घण्टी बजाएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी भ्यानमा राखेको हो । लामिछानेविरुद्ध आजै जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको थियो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले शुक्रबार रास्वपा सभापति लामिछानेसँगै १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला अदालतले रवि लामिछाने, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई (जीबीको जेठो दाइ), राम बहादुर खनाल, देवेन्द्रबाबु राई (जीबीको माइलो दाइ), विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: