Bagmati Samachar Logo

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रामबहादुर खनाल पक्राउ

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीमा भएको बचत अपचलन प्रकरणमा नेचर हर्ब्स इन्टरनेसनल तथा गोरखा ग्रुप अफ कम्पनीका शेयरधनी रामबहादुर खनाल पक्राउ परेका छन् । तनहुँका खनाललाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आजै पोखरा पठाइएको सीआईबीले जनाएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अवैध रूपमा नेचर हर्ब्समा ल्याइएको पाइएको छ । सोही प्रकरणमा खनाल पक्राउ परेका हुन् । यो सहकारीका अध्यक्ष जीबी राई हुन् भने नेचर हर्ब्स पनि जीबी र उनका दाइले चलाएको कम्पनी हो । साथै गोरखा ग्रुप अफ कम्पनी पनि जीबी राईकै हो ।

यही सहकारीको ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसमेत पक्राउ परी हाल कास्की प्रहरीको हिरासतमा छन् ।