Bagmati Samachar Logo

प्रचण्डले फेरि भनेः यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले यो सरकार भ्रष्टचारीहरुलाई बचाउनको लागि बनेको बताएका छन् । काठमाडौंमा माओवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफ्नै नेता कार्यकर्तालाई समेत ढाँटेर रातीमा गरिएको षड्यन्त्रबाट केपी ओलीको सरकार बनेको उनको आरोप थियो । दलालहरुको घरमा रातको १२ बजे गरिएको सम्झौताबाट अप्राकृतिकरुपमा बनेको पनि उनको आरोप छ । सरकार बनेदेखि नै भन्दै आएको कुरा पुष्टी भएको उनको दाबी थियो । एमाले कांग्रेस गठबन्धन षड्यन्त्रपुर्ण छ भन्ने कुरा एक सय दिनको सरकारको समीक्षाबाट पुष्टी भएको उनको भनाइ थियो ।