यो सरकार पूरै समय चलोस, कुहिएर नझरोस
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार पुरै चल्नेमा शंका व्यक्त गरेका छन् । काठमाडौंमा माओवादीले गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, सरकार पूरै समय चलोस, हामीलाई यो सरकार ढाल्ने फुर्सद छैन । तर सरकार आफै कुहिएर झर्छ कि भन्ने हामीलाई शंका छ । माओवादीले सरकार ढाल्ने कुनै काम गरेको छैन बरु सत्ता पक्ष आफै आतंकित भएको छ प्रचण्डले भने । संविधान र गणतन्त्र माओवादीको मुख्य एजेण्डा भएका कारण सरकारतिर कुनै चासो नभएको उनको भनाइ थियो । माओवादीको मुख्य गणतन्त्र र संविधान भएकाले यसलाई जोगाउन खबरदारी सभा आवश्यक भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: