भ्रष्टाचारको मुद्दामा प्रचण्ड नै देखा परे पनि कारवाही गर
काठमाडौं । नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गरेको भए आफूलाई पनि कारवाही गर्न आग्रह गरेका छन् । प्रचण्डले रबिलाई बचाउन खोजेको भन्ने सत्ता पक्षको आरोपप्रति उनले भने, जसले भ्रष्टाचार गरेको भए आफैलाई पनि कारवाही गर भन्छ उसले अरुलाई बचाउछ ?
सत्ता पक्षले माओवादीले गरेको खबरदारी सभा रबिलाई बचाउन गरिएको भनेको प्रति उनले असन्तुष्टी जनाए । रबिलाई छानबिन गर्नु पर्छ भन्द बरु उल्टै केपी ओलीले बचाउन खोजेको कुरा निकाल्दै प्रचण्डले भने, अहिले रबि माथि कारवाही गर्न खोजेर प्रतिशोध साँधेको बताए । सहकारीमा मुछिएका कांग्रेस एमालेका नेताहरुलाई उन्मुक्ति दिएर रबिलाई मात्रै कारवाही गर्न खोज्नु प्रतिशोध भएको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्: