Bagmati Samachar Logo

प्रचण्डप्रति ओलीको कटाक्ष- धम्क्याएका भरमा खाने

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धम्क्याएको भरम’ भनेर कटाक्ष गरेका छ ।

आइतबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनको खुलासत्रलाई सम्बोधन गर्दै   प्रधानमन्त्री ओलीले यसरी कटाक्ष गरेका हुन्

“एकजना उफ्री-उफ्रीकन भाषण गर्दै थिए, हिजो मात्रै देख्याथेँ । हतियार बिसाको मात्रै हो, भ्रम नरहोस्, चलाउन बिर्स्या छैन रे ! त्यस्तै-त्यस्तै त हामी हुनुभएन नि । धम्काएको भरमा खाने ! तर, हामीलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्नेचाहिँ हामीलाई थाहा छ । तर, चलाउन हामीलाई आउँदैन,” प्रधानमन्त्री ओलीले भने । यसअघि शनिबार माओवादी केन्द्रले सरकारविरोधी प्रदर्शन गरेको थियो । प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार जनताप्रति गम्भीर हुनुपर्ने र नभए आफूहरू अझ कडा रूपमा प्रस्तुत हुने बताएका थिए ।