एमाले पार्टी कार्यालयमा पासाङ शेर्पाका भान्जाले खुकरी देखाएपछि हंगामा
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा एमालेका कार्यकर्ता अर्को पक्षलाई प्रहार गर्न खुकुरी बोकेर पुगेपछि हंगामा भएको छ । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको शनिबार बोलाएको सचिवालय बैठक अध्यक्ष पासाङ शेर्पाका भान्जा महासचिव पेम्बा भोटे पक्षलाई प्रहार गर्न खुकुरी बोकेर पार्टी कार्यालय च्यासल पुगेका थिए । बैठक बस्नु भन्दा पहिला नै दुई पक्षबिच भनाभन भएको थियो । त्यहि क्रममा शेर्पाका भान्जाले खुकुरी देखाएको प्रत्यक्षदर्शीले बताए । खुकुरी देखाएपछि खोसाखोस भएको थियो ।
एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको शनिबार बोलाएको सचिवालय बैठक अघि नै खुकुरी देखाएपछि बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका एक सहभागीले बताए ।
महासंघका अध्यक्ष पासाङ शेर्पा र महासचिव पेम्बा भोटे पक्षबिच विवाद रहँदै आएको छ । केही समयअघि शेर्पा पक्षले महासचिव भोटेलाई कारबाही गर्दै जिम्मेवारीविहीन बनाएका थिए । भोटेको जिम्मेवारी खोसेपछि उनीपक्षीय समूह आक्रोशित बनेको थियो ।
स्रोतका अनुसार कारबाही गरेका भोटे पक्ष पनि शनिबारको बैठकमा सहभागी हुने तयारीका साथ पुगेका थिए । भोटेपक्ष बैठकमा प्रवेश गर्नसक्ने बुझेपछि अध्यक्ष शेर्पा पक्षले खुकुरी बोकेर गएको भोटेपक्षको भनाइ छ ।
एमालेका नेता तथा जनसंगठन समन्वय इन्चार्ज भानुभक्त ढकालले आदिवासी जनजाति महासंघले महासचिव भोटेको जिम्मेवारी खोसेपछि उनीपक्षीय कार्यकर्ताले पार्टी कार्यालयमा होहल्ला गरेको बताए ।
तर ओलीले बैठकबाट केहि निर्णय गराउन दिएन । कारवाहि गरेका सबै नेताहरुको जिम्मेवारी पुरानै अबस्थामा फर्काएको र अरु विषयमा हल्ला नगर्न निर्देशन दिएका थिए । ओलीको अगाडि नै शेर्पाले आफ्नो गाडिमा सधै चार पाँच खुकुरी हुने गरेको सुनाएको भोटे पक्षका एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस्: