फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : दीपक मनाङे
काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन नभएको बताएका छन् । आफूलाई सम्पर्क विहीन भएको भन्ने समाचारमा कुनै सत्यता नहरको भन्दै शुक्रबार प्रेस विज्ञप्ती निकालेका छन् । विज्ञप्ति जारी गर्दै मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका हुन् ।
केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचार बाहिर आएको थियो ।
यद्यपि, उनले सर्वोच्चको फैसला आउँदाको दिनदेखि सञ्चारमाध्यामहरुबाट तारान्तार आइहेका कलहरुका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल बन्द गरेको स्वीकार गरेका छन् । उनले भनेका छन् , ‘यहि विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु आइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ ।’
उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन् । उनले फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित विज्ञप्तीमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: