मानव तस्करीको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ
काठमाडौं ।मानव तस्करीको आरोपमा कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।
उनलाई आइतबार बिहान विराटनगरबाट प्रहरी पक्राउ गरेको हो । उनलाई आजै काठमाडौँ ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि विमानमार्फत काठमाडौँ ल्याउन थालिएको छ ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सांसद हुन्।
अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन्।
साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले प्रदेश कमिटीले गरेको निलम्बनलाई सदर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: