कालीकोट दुर्घटनामा मृतकको संख्या सात पुग्यो (विवरण सहित)
काठमाडौं । कालीकोटमा आइतबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । ४६ वर्षीय गाडी चालक धनिराम रावतको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या सात पुगेको हो ।
कालीकोटको पलाता गाउँपालिका–३ राडुनेटामा भएको दुर्घटनामा पलाता गाउँपालिका–६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकायाको मृत्यु भएको छ ।
यस्तै दुर्घटनामा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भुपेन्द्र रोकाया, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया तथा पलाता–५ का दोली विक र आयुशा विक घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते १२ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकोप्टरमा उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको पठाएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्: