दार्चुलामा जिप दुर्घटनामा ८ जनाको मृत्यु, ४ जनालाई हेलिकप्टरबाट धनगढी पठाइयो
काठमाडौं । दार्चुलामा आज बिहान जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर ५ लेकगाउँका ३० विरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर(९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखकको दुर्घटनामा परी मृत्यु भएको छ ।
त्यस्तै, बैतडीको डिलासैनी गाउँपालिका( ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय विरेन्द्र बोहराको पनि मृत्यु भएको डीएसपी दाहालले बताए ।
मृतक दुई जना भने भारतीय नागरिक रहेका डीएसपी दाहालले जानकारी दिएका छन् । डीएसपी दाहालका अनुसार मृत्यु हुने भारतीयमा उत्तर प्रदेश बस्ने मोहम्मद सालीर र मोहम्मद बसीम रहेका छन् । ु
डीएसपी दाहालका अनुसार विरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो ।
आज बिहान करिब ४ बजेतिर शैल्यशिखर नगरपालिका ६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना भएको हो । घाइते चार जनाको उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याइएको र उपचार भइरहेको डीएसपी दाहलले जानकारी दिए ।
जिप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जिप दुर्घटनामा परेको हो । जिपमा तिर्थालुहरू सवार थिए ।
घाइते ४ जनालाई थप उपचारका लागि कैलालीको धनगढी ल्याइएको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई धनगढी पठाइएको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिइन्।
गोकुलेश्वर अस्पतालले घाइतेहरू भारतीय नागरिक १७ वर्षीय सोहिन शाह, जिप चालक मालिकार्जुन गाउँपालिका(८ पस्तीका ३० वर्षीय सुनील जोशी, बैतडीको डिलाशैनी गाउँपालिका ५ का २८ वर्षीय उत्तम रोकाया र शैल्यशिखर नगरपालिका ५ का ८ वर्षीय सन्दीप रावललाई रेफर गरेको हो।
प्रतिक्रिया दिनुहोस्: