Bagmati Samachar Logo

समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद थोपरेर नआउने बताएका छन् ।
काठमाडौंमा भएको एक कार्यक्रममा प्रचण्डले समाजवाद आफ्नो आर्थिक, सामाजिक, भौतिक परीवेश अनुसार जगबार्ट उमार्नु पर्ने बताएका छन् ।

सोमत घिमिरेले लेखेको पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रमलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद अरु देशको नक्कल गर्ने विषय नभएको बताए ।
उनले भने,‘समाजवाद नक्कल गरेर आउदैन । कुनै पार्टी विशेषले दस्ताबेजमा लेखेर आउदैन । यसलाई त आफ्नो परिवेश, अनुसार, उत्पादन पद्धतिबाट, समाज, भूगोल, संस्कृति, अर्थतन्त्रका ऐतिहासिकताबाट समाजवाद उमार्ने हो ।’

उनले नेपाल कुनै बेला विदेशमा खाद्यान्न निर्यात गर्ने देशका अवस्थामा चिनिए पनि विगत ५०, ६० वर्षको राजनीतिले हरेक क्षेत्रमा परनिर्भर बन्नुपर्ने अवस्था आएको बताए ।
हरेक विषयको नक्कल गरेर होइन हाम्रै विशेषता र इतिहासमा र अहिलेको विज्ञान प्रविधिलाई प्रयोग प्रयोग गरेर आधुनिक समाजवादको निर्माण गर्नु पर्ने प्रचण्डले बताए ।

विश्वमा अहिलेपनि समाजवादबारे तीन धारणा रहेको बताए । उनले भने, ‘एउटा विशुद्ध सिद्धान्तवादी धर्मशास्त्रको रूपमा बुझ्ने । दोस्रो अनुभववादी तरिकाले हेर्ने । र तेस्रो व्यवहारवादी धारणा । त्यसमध्ये म तेस्रो धारमा पर्छु ।’
कार्यक्रममा प्रचण्डले भ्रष्टाचारविरुद्ध देशव्यापी चलाउन जरुरी रहेको र त्यसको नेतृत्व गर्न आफू तयार रहेको पनि बताए ।