काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल
काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल हुने भएको छ ।
शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेलबारे सहमति भएको छ ।
सहमति अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ भने काठमाडौं महानगरपालिका(१६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादी केन्द्रले सघाउनेछ ।
प्रतिक्रिया दिनुहोस्: