Bagmati Samachar Logo

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठामाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ।

कलेजोसम्बन्धी समस्याबाट पीडित उनको उपचारको क्रममा मध्यबानेश्वरको फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो।

पारिवारिक स्रोतका अनुसार कलेजोमा उनको ट्युमर रहेको र उपचार भइरहेको थियो। आइतबार मध्याह्नबाट श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो।

चिकित्सकहरुले दिउँसो २ बजे मृत्यु भएको घोषणा गरेका थिए।

उनी २०४८ देखि २०५१ सम्म सभामुख रहेका थिए। स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन्।
बेलायतमा रहेका छोरा आउने भएपछि ढुङ्गानाको शव त्रिवि शिक्षण अस्पतालको चिस्यान गृहमा राखिएको छ ।

उनलाई केही दिनअघि मात्र भारतमा उपचार गरी ल्याइएको थियो । तर, आइतबार एक्कासि गाह्रो भएपछि मध्यबानेश्वरस्थित फ्रन्टलाइन अस्पताल लगिएको थियो ।