दमननाथलाई जनताले देशको राजनैतिक र सामाजिक परिवर्तनका लागि सम्झिरहनेछन् : प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जामालमा लेखेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्व सभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको छ।’
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष प्रचण्डले पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुस्ख व्यक्त गरेका हुन् ।
साथै उनले ढुंगानाको योगदानलाई नेपाल र नेपाली जनताले देशको राजनैतिक, तथा सामाजिक परिवर्तनका लागि सधैं सम्झिरहने समेत उल्लेख गरेका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्व सभामुख, मानवअधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको छ।
नेपाल र नेपाली जनताले देशको राजनैतिक, तथा सामाजिक परिवर्तनमा उहाँले पुर्याएको योगदानलाई सदैव सम्झिरहनेछन।
उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
प्रतिक्रिया दिनुहोस्: