Bagmati Samachar Logo

भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी दिइएका डा. बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् ।

अर्यालले सोमबारदेखि नै लागू हुने गरी राजीनामा दिएका हुन् । भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि अर्याल आइतबार मात्रै राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए ।

अर्यालले १४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका थिए ।अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।

तर, १४ कात्तिकमा विशेष अदालतले अर्याललाई सफाइ दिएको थियो । अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएपछि १० असारमा बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिवसरहको पद सिर्जना गर्दै सरुवा गरेको थियो ।