भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ
काठमाडौ । विदास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । केद्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर प्रसाईंलाई निवासबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए प्रवक्ता बोगटीका अनुसार प्रसाईंलाई अहिले प्रहरीको साइबअपराध ब्युरोमा उपस्थित गराइएको छ । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाउने बताएको छ ।
प्रसाईंले सोमबार कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै भिडियो सामग्री सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । उनले फेसबुकमार्फत सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएको छ ।
साइबर अपराध र गाली बेइज्जतीसम्बन्धी कसुरमा प्रसाईं यसअघि ६ असोजमा पनि पक्राउ परेका थिए । तर, जिल्ला अदालत काठमाडौंले दुवै मुद्दामा ५०–५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि प्रसाईं १५ असोजमा रिहा भएका थिए ।
प्रतिक्रिया दिनुहोस्: