कीर्तिपुर नगरपालिका उपचुनावमा माओवादी उम्मेदवार महर्जन प्रति जनमत बढ्दो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट मेयरका उम्मेदवार बनेका प्रा.डा.शिवशरण महर्जन प्रति जनताको जनमत बढ्दोक्रममा रहेको छ । उपचुनावको घरदैलो कार्यक्रमा जनताहरु निकै उत्साका साथ प्रचार प्रसारमा लागेका छन् । दैनिक जसो वडा–वडामा भएको घरदैलो अभियानमा जनताको सहभागीताले माओवादी नेता तथा कार्यकर्ता पनि उत्साहित देखिन्थे ।
युवादेखि वृद्ध आमाबुबासम्मले शिवशरण महर्जनलाई भोट दिने प्रतिबद्धता जनाइरहेका छन् । अभियानमा आएका माओवादी उम्मेलवारलाई फूलका गुच्छाले स्वागत गदै भोट दिने प्रतिवद्धता जनाइ रहेका छन् ।
शिवशरण महर्जन कीर्तिपुरको विकासको आधारशीला खडा गर्ने एक मुर्धन्य समाजसेवी तथा बौद्धिक व्यक्तित्व भएको स्थानीहरु बताउछन् ।
लामो समयसम्म अध्यापन गराएका माओवादी उम्मेदवार शिवशरणका विद्यार्थीहरु पनि स्थानीय नै छन् । युवाहरु भोट दिने प्रतिबद्धता गर्छन । अर्कातिर माआवादी केन्द्रीय नेताहरु लिलामणी पोखरेल, शशी श्रेष्ठ, पूर्वमन्त्री रेखा शर्मा, हितमान साक्य, चित्रबहादुर केसीलगायत नेताहरु भोटमा माग्न घर घर गइरहेका छन् । देशमा कुसाशन र भ्रष्टाचार विरुद्ध माओवादीले अभियान चलाएकाले माओवादी प्रति जनताको आसा भरोसा बढेको स्थानीय माओवादी नेता कार्यकर्ता बताउछन् ।
प्रतिक्रिया दिनुहोस्: