Bagmati Samachar Logo

विवाह अगाडि नै गर्नुहोस् यी काम ,जसले सम्बन्ध  राम्रो हुन्छ

एजेन्सी । यदि तपाईंको बिहे पक्का भएको छ वा इन्गेजमेन्ट भईसकेकाे छ भने  केही यस्ता कामहरू छन्, जुन विवाह अघि गर्नु अति आवश्यक छ ।

विवाह जीवनको एक महत्त्वपूर्ण कदम हो । यो अवसर हरेक पटक आउदैन । विवाह गर्नु भन्दा पहिला  राम्रोसँग सोच विचार गरेर  निर्णय लिनुपर्छ । प्रायः अभिभावकको इच्छाअनुसार गरिने विवाह अर्थात् अरेन्ज म्यारिजमा जोडीले एक अर्कालाई पहिलेदेखि चिन्दैनन् ।

विवाहपछि जब दुई अपरिचित व्यक्ति एकसाथ जीवन बिताउँछन्, धेरै किसिमका समस्याको सामना गर्नुपर्छ । प्रायः यस क्रममा उनीहरूले महसुस गर्छन् कि उनीहरू बेमेल जोडी हुन् ।
जीवन साथि ठिक भएन । त्यहि भएर विवाह अघि नै यो बुझ्नुपर्छ कि जोडी एकअर्काको लागि बनेका छन् कि छैनन् । त्यसैले विवाह गर्नु अघि हरेक जोडीले केही काम अवश्य गर्नुपर्छ, ताकि पछि पछुताउनु नपरोस् । जीवन सहज तरिकाले बिताेस् ।
संवाद

इन्गेजमेन्ट र विवाहअघि आफ्नो हुने जीवनसाथीसँग संवाद गर्नु अत्यावश्यक छ । एकअर्कासँग खुलेर कुराकानी गर्नुहोस् र मनमा उठेका प्रश्न र चिन्ताहरूको प्रस्टसँग बुझाउनुहोस् । संवादले एक अर्कालाई बुझ्न सहज हुन्छ ।  आनि बानी थाह हुन्छन् । पछि समस्या आउदैन  ।

मिलेर विवाहको तयारी

विवाह तपाईं र तपाईंको साथी दुवैको लागि ठूलो अवसर हो । मिलेर विवाहको तयारी गर्नुहोस् । विवाहको किनमेल सँगै गर्नुहोस् । एक अर्काको रुचि जान्ने पनि यो राम्रो अवसर हो ।

भविष्यको योजना

विवाहपछि जससँग जीवन बिताउने हो, उनीसँग आफ्नो भविष्यको योजना बनाउनुहोस् । विवाहपछि जागिर गर्ने हो वा होइन, कहाँ बस्ने हो, विदेश यात्रा वा परिवार बढाउने सम्बन्धित भविष्यको योजनाहरूको बारेमा राय बनाउनुहोस् ।

विश्वास

सम्बन्ध विश्वासमा टिकेको हुन्छ । विवाहअघि तपाईंसँग समय हुन्छ कि आफ्नो सम्बन्धलाई बलियो बनाउनुहोस्, यसको लागि एक अर्कामा विश्वास गर्ने सुरुवात विवाह अघि नै गर्नुहोस् । एक अर्कालाई समय दिनुहोस् र बुझ्ने प्रयास गर्नुहोस्, ताकि विश्वास बढ्दै जाओस् । एकले अर्मालाई शंका गर्ने  अविश्वास गर्ने कुरा हट्छ ।