Bagmati Samachar Logo

लगनगाँठोमा बाँधिदै प्रचण्डको नातिनी स्मिता दाहाल

काठमाडौँ । गायिका स्मिता दाहालले विवाह गर्ने भएकी छन् । उनले आगामी २१ गते प्रेमी सायुज्य श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । विवाह समारोह गोकर्णस्थित नर्लिङ रिसोर्टमा आयोजना गरिएको बताइएको छ। केही अगाडि दुवैले इन्गेजमेन्ट समेत गरिसकेका छन् ।

दाहालले श्रेष्ठलाई प्रेमीको रूपमा चिनाउँदै सामाजिक सञ्जालमा जीवन साथीको भएको समेत बताएकी छन् ।

उनले इन्स्टाग्राम भनेकी छन्( ‘मेरो माया, कलेजको बेन्चहरूमा लुकेर हेराहेर गर्दादेखि सधैँको लागि योजना बनाउँदासम्म । हामीले मात्र बुझ्न सक्ने यो हाँसो, अबेर रातिसम्मको कुराकानी र शान्त क्षणको यात्रा । साथीदेखि मेरो माया र अहिले सँधैको लागि । तिमीले ल्याएका हरेक खुसीका लागि धन्यवाद । मेरो औँला वरिपरि बेरिएको वाचाका लागि र मलाई संसारको सबैभन्दा भाग्यशाली हृदय बनाएकोमा धन्यवाद । यहाँ हाम्रो सुरुवातका लागि, यी हातले बनाएका सपना, माया, हाँसो र अनन्त सुन्दर सम्झनाको जीवनका लागि । म तिम्रो हुनका लागि पर्खन सक्दिन, सधैँ र सधैँ । मेरो सारा हृदयले, तिम्रो ।’

दाहाल पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन् ।