उपचुनाबको मौन अवधि आज रातिदेखि
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको चुनाबको मौन अवधि आजदेखि सुरु हुँदै छ । आज राति १२ बजेदेखि मौन अवधि मानिने छ ।
चुनाबको ४८ घण्टाअघि मौन अवधि रहने व्यवस्था रहेको छ । जसका कारण आज आज राति १२ बजेदेखि नै लागू हुने गरी मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आइतबार ३३ जिल्लामा चुनाब हुँदै छ । यी जिल्लामा ४४ पदका लागि चुनाब हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।
यसका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।
प्रतिक्रिया दिनुहोस्: