Bagmati Samachar Logo

पोखराबाट काठमाडौं ल्याइयो रबिलाई

काठमाडौं । सहकारी प्रकरणमा मुछिएर पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । उनलाई केहीबेर अघि पोखराबाट काठमाडौं ल्याइएको हो । भोलिदेखि काठमाडौंबाट उनको बयान सुरु हुने छ । सहकारीको रकम गोरखा मिडिया मार्फत दुरुपयोग गरेको आरोप पक्राउ परेका लामिछानेलाई यसअघि कास्कीबाट बुटवल पनि लगिएको थियो । सूर्यदर्शन सहकारी ठगीको आरोपमा लामिछाने गत कात्र्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । रास्वपाले भने सभापति लामिछानेलाई प्रतिशोधपूर्णरुपमा फसाइएको भन्दै आन्दोलन गर्दै आइरहेको छ ।