अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
काठमाडौं । अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ ।
विधेयक पारित भएपछि भविष्यमा अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइनेछ । यो प्रतिबन्ध कम्तिमा १२ महिनापछि लागु हुनेछ ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले युवाहरूलाई सामाजिक सञ्जालको खतराबाट जोगाउने बताएका छन् ।
यसअघि पनि विश्वका धेरै देशले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रयास गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: