नेपालले ऋण लिन नसक्ने कुरा चीनलाई जानकारी गराएकी छु
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेको अवस्थामा नेपालले ऋण लिन सक्ने अवस्था नरहेको जानकारी गराएको बताएकी छिन् ।
बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गतका योजनाहरु अनुदानका रुपमा मात्रै लिन सक्ने भन्दै यसतर्फ चीनको ध्यानाकर्षण गराएको उनले बताएकी हुन् । यसमा चीन पनि सकारात्मक देखिएको उनको भनाइ छ । चीन भ्रमण सकेर फर्किएपछि परराष्ट्रमन्त्री राणाले चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्टअन्तर्गतका योजनाहरु अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएकी हुन् । । देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पस्ट पारेको पनि परराष्ट्रमन्त्री राणाले जानकारी दिईन् ।
प्रतिक्रिया दिनुहोस्: