Bagmati Samachar Logo

ढिस्कोले पुरिदा ४ मजदुरको मृत्यु

काठमाडौं । रोल्पामा ढिस्कोले पुरिदा ४ जनाको ज्यान गएको छ । पुन निर्माण काम लागेका चार मजदुरको ढिस्कोले पुरिएर मृत्यु भएको हो । रोल्पाको सुन छहारी गाउँपालिकामा उक्त दुरघटना भएको हो । मृत्यु हुनेमा सुनछहरी गाउँपालिका ३ बाहिरी गामका ४५ वर्षीय विधमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार र २७ वर्षीया आइती परियार रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार सुनछहरी गाउँपालिका ३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल बनाउन खाल्डोमा काम गर्दा उनीहरु ढिस्कोले पुरिएका थिए । ढिस्कोले पुरेका अर्का एक जनाको उद्धारको प्रयास भइरहेको छ।