दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
काठमाडौँ । दोलखाको गौरिशंकर गाउँपालिकामा नेकपा एमालेकी उमा शेर्पा मगर विजयी भएकी छन् । मगर २ हजार ८ सय ५ मत ल्याएर विजयी भएकी हुन् । मगरकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत ल्याएकी छन् ।
त्यस्तै नेपाली कांग्रेसले पासदिकी तामाङले १ हजार ७ सय २७ मत ल्याएकी छन् भने राप्रपाका उम्मेदवारले १ सय १८ मत प्राप्त गरेका छन् । गौरिशंकरमा रास्वपाले १०० मत प्राप्त गरेको छ भने नेकपा एकीकृत समाजवादीले ९० मत प्राप्त गरेको छ । सो गाउँपालिकामा आइतबार उपाध्यक्ष पदका लागि निर्वाचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: