Bagmati Samachar Logo

रबिलाई भेटन बाबुराम पुगे कास्की प्रहरीमा

काठमाडौं । रास्वापका सभापति रबि लामिछानेलाई भेट्न डाक्टर बाबुराम भट्टराई जिल्ला प्रहरीका कार्यालय कास्की पुगेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले केहीबेर अघि लामिछानेलाई हिरासतमा गई भेटेका हुन् । सहकारीको रकम तत्कालीन गोरखा मिडियमा प्रबन्ध निर्देशक हुँदा अपचल आरोपमा लामिछाने पक्राउ परी अनुसन्धानको क्रममा छन् । उनलाई कात्र्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा लगिएको थियो । बयानका लागि यसअघि लामिछानेलाई बुटवल, काठमाडौं र चितवनमा पनि लगिसकेको छ ।