कर्तव्य ज्यान मुद्दामा पदभारग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष साहलाई बिहीबार बेलुकी पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए ।
साह यहि मंसिर १६ गते भएको उपनिर्वाचनमा जसपा नेपालबाट निर्वाचित भएका थिए ।
कर्तव्य ज्यान मुद्दामा उनलाई पक्राउ गरि अनुसन्धान भैरहेको एसपी खतिवडाले बताए । उनले भने,‘अदालतको परमादेशबाट उहाँ सहित ५–६ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो। त्यहीँ मुद्दाको अनुसन्धानको क्रममा आएको सूचना बमोजिम उहाँलाई पदभार ग्रहण समारोहबाटै पक्राउ गरिएको हो ।’
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: