पर्सामा बयान सकेर पोखरा फर्काइयो लामिछानेलाई
काठमाडौं । बयानका लागि पर्सा लगिएका रास्वपाका सभापति रबि लामिछानेलाई पोखरा फर्काइएको छ । बयान सकेपछि उनलाई पुन पोखरा फर्काइएको हो । उनलाई सिमरा बिमानस्थलबाट काठमाडौं ल्याएर पोखरा फर्काएको हो । उनलाई बुद्ध एयर मार्फत लगिएको हो । सहकारीको रकम दुरुपयोगमा पक्राउ परेका लामिछानेको बयान बुटवलहुँदै विरगञ्ज पुगेको छ । उनलाई प्रहरी गत कात्र्तिक २ गते काठमाडौबाट पक्राउ गरी पोखरा राखेर अनुसन्धान गरिरहेको छ । उनीमाथि सहकारी रकम गोरखा मिडियाको प्रवन्ध निर्देशक हुँदा दुरुपयोग गरेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्: