एचआईभीविरुद्धको खोप वैज्ञानिकहरु सफल
काठमाडौं । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरसको खोप बनाउन सफल भएका छन् । लामो समयदेखि यसको उपचार खोजी गरिरहेका वैज्ञानिकहरूले यस विषयमा ठुलो उपलब्धि हासिल गरेका छन्।
उनीहरूले एचआइभी सङ्क्रमण रोक्ने खोप बनाएका हुन् । एचआईभी सङ्क्रमण रोक्न यो खोप ९६ प्रतिशतसम्म प्रभावकारी रहेको वैज्ञानिकहरूले बताएका छन् ।
यो सुईको नाम लेनाकापाभिर हो। वैज्ञानिकहरूका अनुसार यो खोपको एक वर्षमा दुई डोज लगाएमा व्यक्ति एचआइभी सङ्क्रमणको जोखिमबाट पूर्णरुपमा सुरक्षित रहनेछ ।
अमेरिकी बायोफार्मास्युटिकल कम्पनी गिलियडद्वारा जारी गरिएको र न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित तथ्याङ्क अनुसार लेनाकापाभिर खोप फेज(३ परीक्षणको क्रममा एचआइभी सङ्क्रमण रोक्न १००५ प्रभावकारी थियो। यो खोप दक्षिण अफ्रिका र युगान्डाका ५ हजार महिलामा सफलतापूर्वक परीक्षण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: