अलआउट हुँदै जनकपुरलाई काठमाडौंको १०२ रनको लक्ष्य
काठमाडौं । निर्धारित ओभर खेल्न नपाउदै काठमाडौं गुर्खाज अलआउट भएको छ । यो सँगै उसले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ । टियु मैदानमा आजको दोस्रो खेलमा काठमाडौं गुर्खाजले पहिले ब्याटिंग गरेको थियो । काठमान्डु गुर्खाजका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए ।
प्रतिक्रिया दिनुहोस्: