रविसँगै निकितालाई पनि मुद्दा, सम्पत्ति जफत गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलको सम्पत्ति जफत गर्न माग गरिएको छ । आइतबार सरकारी वकिलको कार्यालय कास्कीले दायर गरेको मुद्दामा सम्पत्ति जफत प्रयोजनका लागि लामिछानेसँगै उनकी श्रीमती पौडेललाई पनि प्रतिवादी बनाएको हो ।
रविको मात्रै २७ करोड भन्दा बढीको बिगो मागदाबी गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएको जानकारी दिइन् ।
निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।
कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने चलन हुन्छ ।
प्रतिक्रिया दिनुहोस्: