सूर्यदर्शन सहकारी ठगीमा ढोरपाटनका मेयर नेपालीविरुद्ध १ करोड ५४ लाख बिगो दाबी
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका एमाले नेता तथा बाग्लुङको ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोत्रपत्रमा उनीपनि सूर्यदर्शन सहकारीको उपाध्य पदमा रहेका बेला अपचलन भएकोमध्ये १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ नेपालीले अपचलन गरेको उल्लेख गरिएको छ ।
उनी २०६७ पुस ६ देखि २०६८ मंसिर १७ सम्म सूर्यदर्शन सहकारीको उपाध्यक्ष थिए ।
नेपाली बाग्लुङकै इमेज सहकारीको २ अर्ब बढी रकम अपचलन आरोपमा पुर्पक्षमा अहिले बाग्लुङ कारागारमै छन् ।
प्रतिक्रिया दिनुहोस्: