Bagmati Samachar Logo

रवि लामिछानेलगायत १९ जनाविरुद्ध दायर अभियोगपत्रको पूर्ण पाठ

काठमाडौं । रास्वपा सभापति तथा सांसद रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेलगायत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको हो, जसमा लामिछानेकी पत्नी निकिता पौडेलसमेत छन् ।

अदालतमा वकिल कार्यालय ३७५ पेजको अभियोगपत्र पेस गरेको छ । जसमा प्रतिवादीहरूले दिएका बयान र उनीहरूमाथि लगाइएको कसुरलाई पुष्टि हुने आधार र प्रमाणहरू समावेश गरिएको छ । यो प्रकरणका मास्टर माइन्ड गितेन्द्रबाबु राई (जीबी) ले गोर्खा मिडिया नेटवर्क स्थापना नै सहकारीको रकमबाट गरेको देखिएको छ ।

उनले विभिन्न सहकारीबाट तीन जनालाई ऋण पनि आफैँ दिलाएको र उनीहरूलाई नै हटौँडामा रहेको जग्गा बेचेको र सोही रकम गोर्खा मिडियामा बिउ पुँजीका रूपमा लगानी गरेको पाइएको छ ।