निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतद्वारा अस्वीकार, आजै छुटे
काठमाडौँ । कास्की जिल्ला अदालतले अभियन्ता निकोलस भुसालविरुद्ध म्याद थप गर्न अस्वीकार गरेको छ । भुसालले कास्की हिरासतमा सुतिरहेको अवस्थामा रास्वपाका सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोप लागेको थियो । उनलाई प्रहरीले आइतबार काठमाडौंँट पक्राउ गरेर कास्की लगेको थियो । आज प्रहरीले म्याद थप गर्न जिल्ला अदालतमा पेश गरेको थियो ।
कास्की प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराए पनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो । अदालतले हिरासत बाहिरै राखेर उनीमाथि अनुसन्धान गर्न आदेश दिएसँगै भुसाललाई छाडिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: