एमालेले खोस्यो बिन्दा पाण्डे र उषाकिरणको जिम्मेवारी
काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको जिम्मेवारी खोसेको छ । बुधबार बसेको सचिवालय बैठकले पार्टी भवन निर्माणका सवालमा पाण्डे र तिम्सिनाले दिएको अभिव्यक्तिलाई लिएर एमालेले उनीहरूको जिम्मेवारी ६ महिनाका लागि खोसेको हो ।
उनीहरूलाई यसअघि एमालेले स्पष्टीकरण सोधेको थियो । दुबै नेताले लिखित रुपमा स्पष्टिकरण बुझाएका थिए ।
पाण्डे र तिमिल्सेनालाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गादानबारे विरोध गरेको विषयमा कारबाही गरिएको हो । उपमहासचिव ज्ञवालीले यो प्रकरणमा उनीहरूलाई पार्टीले स्पष्टीकरण सोधेको तर उनीहरूले गल्ति स्वीकार नगरेकाले छ महिनाका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्: