Bagmati Samachar Logo

सूर्यदर्शन सहकारी ठगीमा तीन जना धराैटी तिरेर छुटे, रवि अझै छुटेनन्

काठमाडौ । पाेखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये तीन जना धरौटी बुझाएर रिहा भएका छन् । सहकारी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई एक लाख तथा मीना र आरतीलाई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशलगत्तै धरौटी रकम बुझाएर उनीहरू रिहा भएका हुन् ।

प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले ६५ लाख रुपैयाँ धराैटी लिएर रिहा गर्न आदेश दिएको छ । तर धराैटी बुझाए पनि उनी अरु जिल्लामा समेत मुद्‍दा भएका कारण रिहा हुने छैनन् ।

धरौटी बुझाएर छुटेलगत्तै लामिछानेलाई पुन: पक्राउ गरेर काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ ।