रवि लामिछानेले बुझाए ६५ लाख धरौटी, स्वास्थ्य परीक्षण गर्न अस्पताल जाने
कााठमाडौं । सुदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६५ लाख धरौटीबापतको रकम बुझाएका छन् । उनलाई बिहीबार कास्की जिल्ला अदालतले ६५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो ।
अदालतको आदेशपछि लामिछानेले ६५ लाख धरौटी बुझाए छ ।
लामिछाने स्वास्थ्य परीक्षणका लागि अस्पताल जाने छन् । प्रहरीले फेरि पक्राउ गरेर काठमाडौं ल्याउने तयारी गरे पनि रविले आफैँ काठमाडौं अदालतमा उपस्थित हुने इच्छा व्यक्त गरेका छन् । लामिछाने विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: