Bagmati Samachar Logo

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जीबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो ।

काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा उनलाई धरौटीमा रिहा गर्न आदेश भएको हो । यसअघि कास्की जिल्ला अदालतले पनि उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।