सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ
हेटौंडा । सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन भएकी छिन् । समूहको मंगलबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । जसमा उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अन्जना न्यासुर चयन भएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुँमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियनका सचिव बलराम पुडासैनी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष एमपी शर्मा, समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष शिव चौलागाई, स्वतन्त्र पत्रकार संघका मकवानपुर अध्यक्ष गोकुल अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: