Bagmati Samachar Logo

अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

काठमाडौं । अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्। बुधबार साँझ सम्पन्न मतगणनामा सापकोटा ६८६ मतसहित विजयी भएका हुन्। सापकोटालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट भनेर प्रचार गरीएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए। राई पार्टीका उपमहासचिव जनार्दन शर्मानिकट नेता हुन्।

यस्तै, अध्यक्षका अर्का उम्मेदवार उपदेशकुमार यादवले ३१० मत ल्याए भने सुदिन पौडेलले १९२ मत पाए।

अध्यक्षमा विजयी सापकोटा र निकटतम प्रतिस्पर्धी राईबीच मतान्तर ७१ रहेको छ।

क्रान्तिकारीको महासचिव (रोशन थापामगर) सहित अधिकांश पदाधिकारी भने जनार्दन शर्मानिकट राई प्यानलबाट निर्वाचित भएका छन्।

७ भौगोलिक र २ गैरभौलिक गरी ९ प्रदेशमा व्यवस्था गरिएका मतदान केन्द्रमा गएको शनिबार (माघ १२ गते) मतदान भएका थिए।
पदाधिकारीका शर्मा निकटहरुले जितेका छन् ।

अध्यक्षः विजयप्रकाश सापकोटा
उपाध्यक्षः अटल आचार्य
उपाध्यक्षः मदन ढकाल
उपाध्यक्षः विराज थापा
उपाध्यक्षः दीपा जैशी
उपाध्यक्षः ममता अधिकारी
उपाध्यक्षः सन्दीप पुन
उपाध्यक्षः कृष्णबहादुर सुनार
उपाध्यक्षः अभिमन्यु यादव
उपाध्यक्षः उमेश कंडेल
महासचिवः रोशन थापामगर
उपमहासचिवः विपिन पोखरेल
उपमहासचिवः गजेन्द्र यादव
उपमहासचिवः निर्मला गौतम
उपमहासचिवः भगवान बास्तोला
उपमहासचिवः रेशम अधिकारी
उपमहासचिवः प्रकाश अधिकारी
उपमहासचिवः रामचन्द्र भट्ट
उपमहासचिवः निरोज श्रेष्ठ
उपमहासचिवः जटिल कार्की
सचिवः प्रेम जैशी
सचिवः वीरेन्द्र जिसी
सचिवः शिशिर बस्याल
सचिवः सम्झना राई
सचिवः तिर्सना आलेमगर
सचिवः सम्कृति पुन
सचिवः आर्टिस्ट मोक्तान
सचिवः आशा उपरकोटी
सचिवः अमर मण्डल
सचिवः जीतेन्द्र भण्डारी
सचिवः युन्छो हाङ्ग मावो
कोषाध्यक्षः फूलमाया रानामगर