नेपाल एक खेलअगावै फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनलमा पुगेको छ । आज दशरथ रंगशालामा भएको नेपाल र लेबनानबीच भएको खेलमा नेपालले एक गोलले जितेको छ । खेलमा नेपाली खेलाडि सावित्रा भण्डारी साम्बाले गरेको निर्णायक गोल नै निर्णायक भयो र नेपाल लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ।
दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा लेबनानमाथि १–० गोलको जितसँगै नेपाल फाइनलमा पुगेको हो।नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
लेबनानकी क्रिस्टी मालोफले १०औं मिनेटमा प्रहार एन्जिलाले बचाइन् । बिमलाले ११औं मिनेटमा गरेको गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । १३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो ।
१७औं मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् । २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औं मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन ।
समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।
३१औं मिनेटमा लेबनानले पनि अर्को मौका गुमायो । थ्रु मार्फत आएको उत्कृष्ट पासलाई लेला इस्कन्दरले सदुपयोग गर्न सकिनन् । ३७औं मिनेटमा क्रिस्टी मालुफको प्रहार साइड नेटिङ हुन पुग्यो ।
दोस्रो हाफको ५९औं मिनेटमा साम्बाको पासमा सबिताले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । ८६औं मिनेटमा सावित्राको प्रहारले पोस्टको दिशा लिन सकेन ।
इन्जुरी समयको पहिलो मिनेटमा जहवा अराबीको प्रहार बारमा लागेर फर्कँदा लेबनान बराबरी गर्नबाट चुकेको थियो ।
नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
चार राष्ट्र सहभागि प्रतियोगितामा नेपाल र म्यानमारले लगातार दुई जितबाट समान ६ अंक जोडेका छन् । गोल अन्तरमा म्यानमार नेपाल भन्दा अघि छ । बिहीबारै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० ले हराएको थियो ।
लगातार दुई हारपछि लेबनान र कीर्गिस्तान भने फाइनल होडबाट बाहिरिएका छन् ।
अब लिग चरणको अन्तिम दुई खेल औपचारिकता मात्र हुनेछ । आइतबार लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार तथा लेबनान र कीर्गिस्तान खेल्ने छन् । फाइनल खेल नेपाल र म्यानमारबीच आउने बुधबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्: