Bagmati Samachar Logo

काठमाडौं महानगरले भन्यो– नयाँ शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना नगर्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना नगर्न विद्यालयहरूलाई सचेत गराएको छ ।

महानगरका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले सोमबार महानगरभित्रका सबै विद्यालयलाई पत्राचार गर्दै शैक्षिक सत्र शुरू नभई नियमावली विपरीत विद्यार्थी भर्ना नगर्न–नगराउन सचेत गराएका हुन् ।

ज्ञवालीले पत्रमार्फत काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६)लाई स्मरण समेत गराएका छन् । जुन व्यवस्था अनुसार कसैले पनि शैक्षिक सत्र शुरू नभई विद्यार्थी भर्ना गर्न गराउन पाइँदैन ।

कतिपय विद्यालयले शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो आएकाले त्यसो गरेको पाइए कानूनी कारबाही गर्ने पत्रमा भनिएको छ ।