संसदमा प्रधानमन्त्रीले प्रचण्डसँग सम्पर्क भएन भने, प्रचण्ड सचिवालय भन्छ उहाँले पठाएका अग्नी खरेलसँग छलफल भएको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग पटकपटक सम्पर्कको प्रयास गर्दा पनि नभएको गुनासो गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिनेक्रममा ओलीले शान्तिप्रक्रियाका कामहरू यथाशक्य टुंग्याउने विषयमा छलफल गर्न प्रचण्डसँग सम्पर्कका लागि प्रयास गरिरहेको बताएका छन् ।
उता माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रधानमन्त्रीका विशेष दुत अग्नी खरेलसँग अध्यक्ष प्रचण्डको कुराकानी भएर छलफलको समय तोक्न पनि भनेको बताउछ । सचिवालय स्रोतले भने, ‘प्रधानमन्त्रीले सम्पर्क भएन भन्नु झुट हो । उहाँले ४ गते फोन गर्नु भएको थियो । त्यो दिन अध्यक्षलाई सन्चो थिएन । दोस्रो दिन अग्नी खरेलसँग कुरा कानी भएको छ । छलफल भेटघाटको लागि समय मिलाउनु भन्नु भएको छ ।’
प्रधानमन्त्री ओलीले संसदमा भने, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ।’
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भनेर आफू लागिरहेको भन्दै उनले विपक्षी दलका नेतासँग सम्पर्कको प्रयास गरिरहेको बताए।
ुशान्तिप्रक्रियाका कामहरू टुंग्याउन म प्रयासरत छु,ु उनले भने, ‘यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु। मैले पटकपटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको भन्ने बुझेको छु।’
शान्तिप्रक्रियाको काम टुंग्याउने सरकारले काम गरिरहेको उनले दोहोर्याए।
प्रतिक्रिया दिनुहोस्: