Bagmati Samachar Logo

प्रचण्डले भने– एक लाख मण्डले आए एक करोड जनता उतारेर सडकबाटै जवाफ दिन्छौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मण्डलेहरूलाई आवश्यक परे सडकबाटै जवाफ दिने बताएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एक लाख मण्डले सडकमा आए आफूहरूले एक करोड जनता उतारेर सडकबाटै जवाफ दिने बताएका हुन् ।

‘एक लाख मण्डले सडकमा आए हामीले एक करोड जनता उतारेर उनीहरूलाई सडकबाटै जवाफ दिन्छौँ, ’ प्रचण्डले भने, ‘प्रतिगामी शक्तिहरूविरुद्ध हामी पछि हट्दैनौँ ।’

अध्यक्ष प्रचण्डले मण्डलेहरूले गरेको गुण्डागर्दीलाई छुट नदिने बताए । ‘मण्डलेले गरेको गुण्डागर्दीलाई छुट दिने छैनौँ । आफ्नै दुई चार जना मरे पनि मरून् भनेर लागेका छन् । त्यो कुराको छुट हुँदैन,’ उनले भने ।

अध्यक्ष प्रचण्डले मण्डलेहरूले तीनकुनेमा गरेको प्रदर्शन नभएर गुण्डागर्दी भएको बताए ।