रवि लामिछाने घरबाटै पक्राउ

काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । प्रहरीले लामिछानेलाई उनको घरमै पुगेर पक्राउ गरेको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको केहीबेरमै प्रहरी रविको बुढानिलकण्ठस्थित निवास पुगेरको थियो । लामिछानेले आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।
शुक्रबार साँझ ९ बजे काठमाडौँस्थित निवासबाट लामिछाने प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआइबी)को टिमले पक्राउ गरेको बुझिएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो ।
पक्राउ पछि अहिले उनलाई रुपन्देही लगिँदै छ।
प्रतिक्रिया दिनुहोस्: