Bagmati Samachar Logo

रवि आज काठमाडौं प्रहरीको हिरासतमा रहने, भोलि विमानमार्फत भैरहवा लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको प्रहरी जानकारी दिएको छ ।

स्रोतका अनुसार उनलाई भोलि मात्रै भैरहवा लगिने भएको छ ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश दिएको हो ।

आदेश लगत्तै प्रहरी उनको निवास बुढानीलकण्ठ पुगेर पक्राउ गरेको हो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरे र छोड्ने आदेश दिएको थियो । तर शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको छ ।