Bagmati Samachar Logo

सुर्खेतमा गाेली चल्याे ,अनुसन्धान हुदै छ: प्रहरी

सुर्खेत ।  ‎सुर्खेतकाे वीरेन्द्रनगरमा गोली चलेक छ। शनिवार  ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको बताइएको छ। ‎
उक्त गोली घरका छाना छेडेर कोठाभित्र खसेको छ। ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनले भने ‎‎‘यो गोली कसले कताबाट के कारणाले चलायाे अनुसन्धान  भइरहेको छ।’